पोखरामा २८ तोला सुनसहित एक महिला पक्राउ

news-details

पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छन्।

बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ हुन् ।

उनी काठमाडौंबाट पोखरा झर्ने बित्तिकै बसपार्कबाटै पक्राउ परेकी हुन् ।

बसबाट ओर्लिए लगत्तै प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट सुन बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।

उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया