कोशीमा आज सार्वजनिक विदा
- साउन २४, २०८०
- 0
कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन् ।
कोशी प्रदेश सरकारको वार्षिक क्यालन्डरमा नै प्रदेशभरी यो दिवसका दिन बिदा दिने तय गरिएको छ । कोशीमा आदीवासी तथा जनजाती समुदायको बसोबास अन्य प्रदेशको तुलनामा धेरै छ ।
‘आदिवासी युवाहरु आत्म– निर्णयका लागि परिवर्तनका एजेन्टहरु’ भन्ने नारासहित आज अर्थात् अगष्ट ९मा अन्तर्राष्ट्रिय रुपमा आदिवासी जनजाति दिवस मनाईन्छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







