प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति जुटेन, संसद बैठक भोलिसम्मका लागि स्थगित
- साउन २२, २०८०
- 0
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो ।
तर सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै आएको छ ।
नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतबीच छलफल भए पनि सदन खुलाउने विषयमा सहमति हुन नसकेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







