सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई, राजस्वले बुझायो फाइल
- साउन २१, २०८०
- 0
राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई लगाएको छ ।
आज आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए ।
‘सुन तस्करी प्रकरणको अनुसन्धानमा अन्य काननुन पनि आकर्षित हुने भएकाले बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिएका हौँ,’ विभागका महानिर्देशक नवराज ढुङ्गानाले भने, ‘पक्राउ परेका सम्पूर्ण व्यक्ति, सामान र अन्य सामग्री प्रहरीलाई हस्तान्तरण गर्न लागेका हौँ ।’
अहिलेसम्म १८ जना पक्राउ परेका छन् । जसमा ३ जना विदेशी रहेको विभागले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







