प्रधानमन्त्री प्रचण्डद्वारा उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल
- साउन २०, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको खबरले आफू मर्माहत भएको भन्दै उनीहरुको खोजीका लागि कुटनीतिक पहल भएको बताएका छन् ।
उनले लेखेका छन् ‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’
पहिरोमा परी बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







