दोलखा पहिरो अपडेट : बेपत्ता मध्ये एकजनाको शव भेटियो, तीन जनाको खोजि जारी
- साउन १९, २०८०
- 0
दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा वेपत्ता भएका एक मध्ये एक जनाको शव फेला परेको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का १५ महिनाको प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।
पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ ।
बिहीबार राती वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ७ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलले जानकारी दिए । पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् ।
पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पु¥याएको छ । सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







