बझाङ संयोजक खड्काको निलम्बन फुकुवा गर्ने स्वतन्त्र पार्टीको निर्णय

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले खड्कामाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । पत्रकारमाथि कुटपिट गरेको आरोप लागेपछि पार्टीले उनलाई निलम्बन गरेको थियो ।

रास्वपाले उनीमाथि लागेको आरोप पुष्टि नभएकाले निलम्बन फुकुवा गरिएको जनाएको छ । यस्तै, बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ।

बैठकले पार्टी दस्तावेज तयार गर्ने निर्णय गर्दै त्यसका लागि १७ जनाको टोलीलाई गाउँमा पठाउने निर्णय पनि गरेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया