माओवादीको पदाधिकारी बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने
- साउन १५, २०८०
- 0
नेकपा माओवादी केन्द्रको साउन १७ गते देखि सुरु हुने केन्द्रीय कमिटीको एजेन्डालाई अन्तिमरुप दिन पार्टीका पदाधिकारीहरू छलफलमा जुट्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले (सोमबार) ८ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
पदाधिकारी बैठकमा नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टी एकताका लागि पठाएको नौ बुँदे प्रस्तावका साथै कोशी प्रदेश सरकारका विषयमा पनि छलफल हुने बताइएको छ ।
बुधबार देखि सुरु हुने माओवादी बैठकमा विधान अधिवेशन, संगठन परिचालयनसहितका विषयमा छलफल हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







