एक लाख घुससहित प्रहरी हवल्दार पक्राउ
- साउन ११, २०८०
- 0
काठमाडौंको बुढानिलकण्ठबाट एक जना प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको हो। सिंह प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत छन्।
कुख्रे खोलाको ढल तथा सरसफाइ र निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न घुस लिएको आरोपमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
टंगलास्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ड नगरपालिका–२ बासिकबाट पक्राउ गरेको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







