एमालेद्वारा संसद बैठक अवरुद्ध, अर्को बैठक १५ गते बस्ने
- साउन १०, २०८०
- 0
प्रमुख प्रतिपक्ष नेकपा एमालको अवरोधका कारण प्रतिनिधि सभाको बैठक कार्य सूचिमा प्रवेश नै नगरि स्थगित भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बसेको बैठक कार्य सूचिमा प्रवेश गर्न नदिई एमालले बैठक अवरोध गर्ने घोषणा गरेको हो ।
एमाले प्रमुख सचेतक पदम गिरीले छानविन समिति गठन नभई संसद बैठक चल्न नसक्ने बताए ।
‘उच्चस्तरिय छानविन समिति गठन हुनु पर्छ । यसको मन्त्रीदेखि लिएर तल काम गर्ने सम्म को को सम्लग्न छन् त्यसमाथि छानविन हुनु पर्छ । एमाले त्यो अडानमा अडिग छ । त्यो उच्चस्तरिय समिति गठनका लागि रुलिङ होस् । अन्यथा हामी यस बैठकलाई अगाडि बढाउन दिन सक्ने स्थिति छैन् ।’
यसअघि आजको बैठकमा अधिकासं सांसदले सुन प्रकरणबारे चर्को आवाज उठाएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







