प्रधानमन्त्री दाहाल र राष्ट्र संघका महासचिव गट्रेसबीच इटालीमा भेटवार्ता

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गट्रेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सम्बोधन पश्चात प्रधानमन्त्री दाहाल र महासचिव गट्रेसबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे उनीहरुबीच छलफल भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया