बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु
- साउन ८, २०८०
- 0
बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको पुर्चौडी नगरपालिका–२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जुका श्रीमान महेश जागरी भारतमा रोजगारीका लागि गएको बमको भनाइ छ।
अपांग रहेका मृतक अञ्जुका देवर १७ वर्षीय गोबर जागरी र सासु ४५ वर्षीय रायमति जागरीसहित सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६५ वर्षीय जस्मा बोहरा घाइते भएका छन्।
उनीहरुलाई थप उचारका लागि स्थानीय स्वास्थ्य चौकी पढाउने तयारी रहेको वडाध्यक्ष बमले बताए। घरको माथि सडक खनेको र त्यहीँ सडक भासिँदा घर पुरिएर करिब एक दर्जन चौपाया समेत मरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







