इटली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेपाल आएका चिनियाँ शीर्ष नेताबीच भर्चुअल कुराकानी
- साउन ७, २०८०
- 0
इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनबीच भर्चुअल संवाद भएको छ ।
आजै नेपाल आएका नेता जियाजुनलाई संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणका लागि धन्यवाद ज्ञापन गर्दै स्वागत गरेको उनको उनको सचिवालयले जनाएको छ ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको छ। ’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







