कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा सुनुवाई सुरु हुदै
- साउन ७, २०८०
- 0
कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुवाई सुरु हुदैछ ।
मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो ।
पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम गर्न रोक लगाउँदै साउन ७ गतेदेखि अन्तिम सुनुवाई गर्न आदेश दिएको थियो । इजलाशको आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरिसकेकाले आइतबारदेखि अन्तिम सुनुवाई सुरु हुने छ ।
संघीय सरकारमा रहेका गठबन्धन दलहरुले कोशी प्रदेशको एमाले सरकार ढाल्ने क्रममा सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर देखाएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







