सुन प्रकरणमा संलग्नको जरासम्मै पुगेर कारवाहीको दायरामा ल्याउनेछौ : गृहमन्त्री श्रेष्ठ
- साउन ५, २०८०
- 0
उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सय किलो सुन प्रकरणमा संलग्नको जरासम्मै पुगेर कारवाहीको दायरामा ल्याइने बताएका छन ।
शुक्रबार विहान त्रिभूवन विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारसंग बोल्दै उनले भने –‘जस्तो सुकै र जो सुकै भएपनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रकृयामा जानु पर्छ भन्ने हाम्रो जोड रहेको छ । र सरकारको तर्फबाट प्रधानमन्त्रीको यही निर्देशन छ । मैले अहिले पनि सम्बन्धित सबै अधिकारीहरुलाई त्यही रुपमा निर्देशन दिएको छु ।’
उनले कुनैपनि हालतमा अनुसन्धान पुरा गरी दोषिलाई कारबाही गरी छाड्ने प्रतिवद्धता जनाए । आवश्यक परे राज्यका अन्य अंग परिचालन गरेरै भएपनि घटनाको रुटमा पुग्ने उनको दृढता छ ।
उनले भने ‘जस्तो सुकै र जो सुकै भएपनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रकृयामा जानु पर्छ भन्ने हाम्रो जोड रहेको छ । र सरकारको तर्फबाट प्रधानमन्त्रीको यही निर्देशन छ । मैले अहिले पनि सम्बन्धित सबे अधिकारीहरुलाई त्यही रुपमा निर्देशन दिएको छु ।’
आवश्यकता पर्यो भने अपराध अनुसन्धान विभागले समेत अनुसन्धान थाल्ने उनेको भनाई छ ।










