आजको मौसम : चार प्रदेशमा बदली रहने
- साउन ५, २०८०
- 0
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज (शुक्रबार) गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्ष भइरहेको जनाएको छ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको हो ।
विभागका अनुसार बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ । जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ ।तर, सतर्कता तहभन्दा तलै रहेको जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाउँदै सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको पनि उल्लेख गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







