सुन तस्करी प्रकरण : पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

news-details

उच्च अदालत पाटनले, त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई १० दिन हिरासत राखेर अनुसन्धान गर्न समय दिएको छ ।

उच्च अदालत पाटनले पक्राउ परेको सबै ६ जनालाई बिहीबार पहिलोपटक अनुसन्धानका लागि १० दिन हिरासत राख्ने अनुमति दिएको हो।

पक्राउ परेकाहरूलाई राजश्व अनुसन्धान विभागमा राखिएको छ।

राजस्व स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न रहेको आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको हो।

बुधबार दिउँसो विमानस्थल परिसरबाट ट्याक्सीमा बाहिर लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै सोही प्रकरणमा एक चिनियाँ नागरिकसहित दुईजना बिहिबार अपरान्ह पक्राउ परेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया