आजबाट कम पानी पर्ने

news-details

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट विस्तारै पानी कम पर्न थाल्नेछ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेकाले आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । हाल बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ ।

बुधबार दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, बुधबार राती देशभरको मौसम आंशिक देखी सामान्य बदली रहनेछ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा आज हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पछिल्लो २४ घण्टामा बागमती,गण्डकी र कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षा भएको छ ।

ताप्लेजुङमा सबैभन्दा धेरै ७० दशमलव ६ मिलिमिटर, लुम्लेमा ७० दशमलव ५,काठमाडौंमा ६६ दशमलव ४ तथा पोखरामा ४९ मिलिमिटर वर्षा मापन भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया