बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री गोरखा जाँदै

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार गोरखा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल बुधबार बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लागिएको हो ।

पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया