लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
- असार २९, २०८०
- 0
सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौँ पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरुको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
त्यसअघि सांसद दीपकबहादुर सिंहले हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतङ्कित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गरे। सांसद सिंहले देशव्यापीरुपमा बाँदरले आतङ्क मच्चाएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







