एक लाख घुससहित लेखा अधिकृत पक्राउ
- असार २७, २०८०
- 0
अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदमविनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ गरेको छ।
मंगलबार बेलुका पाँच बजे आएको अख्तियारको टोलीले लेखा अधिकृत पोखरेलको कोठामा रहेको ओछयानमुनिबाट घुस लिएको रकमसहित पक्राउ गरिएको हो।
एक जना ठेकेदारसँग पुरानो बिल भर्पाइ अनुसारको रकम निकासाको लागि एक लाख रकम घुस मागिएको थियो। पक्राउ गरिएको लेखा अधिकृत पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरी बर्दिवास लगिएको मुचुल्कामा हस्ताक्षर गर्न गएका लहान–७ का वडाध्यक्ष राम औतार शर्माले बताए।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सो घटनको पुष्टि गर्दै पोखरेललाई नियत्रणमा लिइएको जानकारी दिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







