प्रतिनिधिसभा बैठकको अवरोध हट्ने, प्रधानमन्त्रीले सम्बोधनमार्फत स्पष्टीकरण दिने
- असार २४, २०८०
- 0
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण केही दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट नियमित हुने भएको छ ।
आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसदको गतिरोध हटाउने विषयमा सहमति भएसँगै बैठक आजदेखि नियमित हुने भएको हो ।
दाहालले गत असार १८ गते पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिको बारेमा संसदमा स्पष्टीकरण दिने छन् ।
आज १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने भएपछि केही ढिला गरी सुरु हुने संसद सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







