नेकपा एमालेद्वारा आज पनि राष्ट्रिय सभा बैठक अवरोध, अब असार २४ गते बस्ने
- असार २२, २०८०
- 0
आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेका छन् ।
एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताएकी छन् ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
एमालेको अवरोध पछि स्थगित भएको राष्ट्रिय सभा बैठक अब असार २४ गते आइतबार बस्ने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







