सभापतिहरूको टुंगो लगाउन शीर्ष नेताहरूलाई सभामुखको आग्रह

news-details

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिबारे दलहरू टुंगोमा नपुगे आफूले प्रक्रिया थाल्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफलमा उनले सभापतिबारे दलहरूले टुंगो लगाउन आग्रह गरेका हुन ।

‘चुनाव गर भन्नुहुन्छ कि सहमति गर्नुपर्छ यो तुरुन्त गरौं हैन भने नत्र मैले स्टेप चाल्नु पर्ने हुन्छ भनेर जानकारी गराएको छु । आजको बैठक समितिको सभापति चयनबारे नै थियो । त्यसैमा छलफल भयो । यसलाई अविलम्ब टुंग्याउने समझदारी भयो । निर्वाचनचाहिँ हुन्छ तर, सहमतिमा हुन्छ कि कसो हुन्छ । अब हामी त्यसतर्फ लाग्छौं।’

त्यस्तै विभिन्न विधेयकहरू अघि बढाउन समितिको नेतृत्व आवश्यक छ भन्ने निचोडमा पनि छलफल पुगेको उनको भनाई छ ।

त्यसैगरि कानुनमन्त्री धनराज गुरुङले समितीको सभापति चयन गर्ने कुरा पुर्ण रुपमा सहमत भएको बताएका छन् ।

‘लामो सामयदेखि समितीको सभापति चयन हुन सकेको थियन तर आज समितीको सभापति चयन गर्ने कुरा पुर्ण रुपमा सहमत भएको छ । ’

उनले राजनीतिक रुपमा देखिएको विकृति विसंगतीलाई समाधान गर्दै लैजाने कुरामा सहमत भएको समेत बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया