पहिरो खस्ने क्रम जारी : मुग्लिङ नारायणगढ सडक पूर्ण रुपमा बन्द
- असार १५, २०८०
- 0
चितवनको मुग्लिन नजिकै पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । अहिले पनि पहिरो खस्ने क्रम जारी छ ।
मुग्लिन देखि नारायणगढ तर्फ करिब दुई किलोमिटरमा पर्ने तीन नम्बर पुल नजिकै खसेको पहिरोका कारण हिजो दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।
पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको तामाङको भनाइ छ । हिजोदेखि सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोरेका छन् ।
काठमाडौंबाट चितवन तर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







