बजेटप्रति असन्तुष्ट सत्ता साझेदार दलहरुको संसदीय दलको बैठक बस्दै
- असार १३, २०८०
- 0
सत्ता साझेदार दलहरुले आज बिहान १०ः ३० बजे बस्न लागेको संसदीय दलको बैठकमा बजेटबारे निर्णय लिँदै छन् ।
जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेटको विषयमा निर्णय लिन लागेको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यसअघि नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० बजेट पास गर्ने तयारी छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि नै प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







