इदको अवसरमा बिहीबार सार्वजनिक बिदा
- असार १२, २०८०
- 0
सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९र/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







