जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

news-details

अर्थमन्त्री डा. प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने कुनै तयारी नभएको बताएका छन । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्।

‘यसमा कही कतै पनि शंका उब्जिने ठाउँ नदिन सरकारको सम्पूर्ण कोशिश हुन्छ। जिल्ला निर्वाचन आयोग खारेज गर्ने मनसाय छैन । जिल्ला निर्वाचन कार्यालयहरू जसरी रहेका छन् त्यसरी नै रहनेछन् । त्यसको स्वतन्त्र अस्तित्वका लागि सरकारले के गर्नुपर्यो रु सरकार तयार छ। यो खारेज हुँदैन । जसरी निर्वाचन आयोगले राख्न चाहन्छ। त्यसरी नै रहनेछन्। मेरो पार्टी र सरकार निर्वाचन कार्यालयको स्वतन्त्रतालाई कही पनि कम्प्रमाइज गर्न दिँदैनौं,’ उनले भने।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन माग गर्दै सदन अवरूद्ध पारेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया