बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

news-details

बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको छ ।

यही असार १ गते बसेको प्रदेश सभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगत्तै प्रदेशसभाको अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया