जलहरी प्रकरण अध्ययनका लागि अख्तियारको टोली पशुपतिमा, खालि गराइयो मन्दिर परिसर

news-details

अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरी प्रकरणको स्थलगत अनुगमनका लागि पशुपतिनाथ मन्दिरमा पुगेको छ ।

पशुपति मन्दिरभित्र ज्योतिर्लिङ्गमा राखिएको जलहरी अनुगमनमा अख्तियारको टोली पुगेसँगै पशुपति मन्दिर परिसर खाली गराईएको हो ।

अहिलो आयोगको टोलीले जलहरीको स्थलगत जाँच तथा अनुसन्धान गर्न गरिरहेको छ ।

अख्तियारको टोली अनुगमनमा जाने भएपपछि पशुपति विकास कोषले मन्दिर क्षेत्र खाली गराएको थियो ।

पशुपति मन्दिरमा जलहरी राख्दा ११ किलो सुन अनियमितता भएको उजुरी परेसँगै अख्तियारले छानविन थालेको हो । आयोगको टोलीसंगै मन्दिरमा नेपाली सेनाको टुकडीसमेत पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया