नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना

news-details

नेपाल र मार्सल आइसल्यान्ड बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएको मुलुक १८१  पुगेको छ ।

नेपालका संयुक्त राष्ट्रसंघ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो।

न्यूयोर्कमा दुई देशको सम्बन्ध स्थापनामा हस्ताक्षर भएको नेपालको संयुक्त राष्ट्रसंघ मिसनले जानकारी दिएको छ। हिजो मात्रै नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। संयुक्त राष्ट्रसंघका १८३ सदस्यमा नेपालले अब सम्बन्ध स्थापना गर्न १२ देश बाँकी छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया