आजको मौसम : बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिममा भारि वर्षाको सम्भावना

news-details

देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हुदाँ आज देशभर पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशभर केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र कोशी प्रदेशका केही एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज सडक, हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने र भारी वर्षा कारणले हुने बाढी, पहिरो, डुबानबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया