फिल्म हलबाट फिर्ता भयो महानगर प्रहरी
- असार ८, २०८०
- 0
महानगरका फिल्म हलहरूमा खटाइएका नगर प्रहरी फिर्ता गरिएको छ । हिन्दी फिल्म रोक्न महानगरले हलहरूमा प्रहरी खटाएको थियो ।
मेयर बालेन शाहले ‘आदिपुरुष’ मा सीताबारे विवादित संवाद राखेको भन्दै सबै हिन्दी फिल्म रोक्न आदेश दिएका थिए । उच्च अदालतले हिजो भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएपनि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् । मेयर शाहले अदालतको आदेश नमान्ने बताएपछि प्रदर्शकहरू रिस्क नलिने मुडमा छन् ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले आवश्यकता अनुसार ड्युटी भने जारी नै रहेको बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







