उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश
- असार ७, २०८०
- 0
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
बिहीबार चलाउनेले मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट चलाउनेको खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट लागेर थियो ।
नेविसंघका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा लगाइए पछि अघिल्लो सरकारकै पालामा मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएर अहिले निर्णय लिइएको हो । उक्त निर्णयविरुद्ध चलाउने अनशन बसिरहेका छन ।










