साइबर र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतमा चल्ने, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
- असार ६, २०८०
- 0
साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरू अब सबै जिल्ला अदालतमा चल्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरूको कारबाही र किनाराको अधिकार सबै जिल्ला अदालतलाई तोकेको हो ।
हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र बैंकिङ कसूरका मुद्दाहरुको सुरु कारबाही उच्च अदालतबाट हुने गरेको थियो ।
बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागिता जनाउन स्वीकृत दिने र नेपाल सरकार-बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








