आज अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदै
- असार ६, २०८०
- 0
“मानवता” भन्ने मुल नारा सहित आज नवौ अन्तराष्ट्रिय विश्व योग दिवस नेपाल सहित संसारभर मनाईदै छ ।
“योगश्चित्तवृत्तिनिरोधः।। योगसूत्र।। अर्थात चित्त र वृत्तिको निरोध नै योग हो ।” संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक बर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।
योग दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिँदै योगले शारीरिक तथा मानसिक स्वस्थता प्रदान गर्ने बताउनु भएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ “योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा सबल बनाउन सहयोग पु¥याउँछ। योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने बैज्ञानिक जीवनशैली एवं जीवन पद्वति समेत हो ।”
आज देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाईदै छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







