कर फर्छयौट आयोगको भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९ बर्ष जेल सजाय
- असार ५, २०८०
- 0
विशेष अदालतले कर फर्छयौट आयोगको भ्रष्टाचार मुद्दामा सरकार तीन पूर्व पदाधिकारी र कर्मचारीलाई ९ बर्षको कैद सजाय तोकेको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको हो ।
अदालतले लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सुनाएको छ भने ढकाल र शर्मालाई ९–९ वर्ष कैद सजाय तोकेको छ ।
कैद सजायका साथै उनीहरुले तीन जनालाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना पनि गराएको छ ।
यस अघि सोही इजलासले गत जेठ १८ गते उनीहरुलाई दोषी ठहर गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







