प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने
- असार ४, २०८०
- 0
प्रतिनिधि सभाको बैठक आज सोमबार पनि बस्दै छ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमाथिको बजेटमा छलफल हुनेछ ।
बैठकमा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ, दामोदर पौडेल (बैरागी) र प्रेम सुवालले सञ्चार तथा सूचना प्रविधि, दिपा शर्माले परराष्ट्र मन्त्रालय, गोकर्ण विष्ट र प्रभु साहले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सचिवायले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







