स्कारपियो दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व मेयर गिरीको निधन

news-details

स्याङ्जाको पुतलीबजार नगरपालिका-१० बर्जामा स्कारपियो दुर्घटना हुँदा चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको निधन भएको छ ।

गएराति स्याङ्जा बजार तर्फ आउँदै गरेको बा१५च १७०९ नम्बरको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा स्कारपियोमा सवार नेपाली कांग्रेसका नेता एवं पूर्व मेयर ६० वर्षीय शिवकुमार गिरीको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालका दुर्घटनामा गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा गएराति ११ः४० बजे जिल्ला अस्पताल मृत्यु भएको हो । गिरीको शव जिल्ला अस्पतालमा रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा स्कारपियो चालक पुतलीबजार नगरपालिका-९ बस्ने ३२ वर्षीय सुरज नेपालीको खुट्टामा सामान्य चोट लागेको छ । उनी प्रहरी नियन्त्रणमा रहेको डिएसपी खनालले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया