आजबाट काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट

news-details

आजबाट काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्‍याउनुपर्ने महानगरको निर्देशन छ ।

महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया