ब्लड डोनर्स एशोसियसनद्धारा नेपाली होटल व्यवसायी संघका अध्यक्ष ढकाल सम्मानित
- जेष्ठ ३१, २०८०
- 0
काठमाडौं / विश्व रक्तदाता दिवसको अवसर पारेर ब्लड डोनर्स एशोसियएसनले नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकाललाई सम्मान गरेको छ ।
पर्यटन क्षेत्रसँग आवद्ध संस्थाहरुमध्ये रक्तदान कार्यक्रमको आयोजना गरी यो वर्षकै सबैभन्दा बढी पिन्ट रगत संकलन गर्न सफल भएकोमा नेपाली होटल व्यवसायी संघलाई एशोसियसनले सम्मान गरेको हो ।
तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका सभापति तथा ब्लड डोनर्स एशोसियएसनका अध्यक्ष ई. सानुबाबु प्रजापतिले अध्यक्ष ढकाललाई शिल्ड, खादा र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा संघले सिद्धार्थ बैंकसँगको सहकार्यमा वृहत् रक्तदान कार्यक्रम गरी १५७ पिन्ट रगत संकलन गर्न सफल भएको थियो ।
वृहत् रक्तदान कार्यक्रम आयोजना गरी प्रथम स्थानमा पर्न सफल भई सम्मानित हुन पाएकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्दै सह–आजोजक टिम सिद्धार्थ बैंकलाई धन्यवाद व्यक्त गरे । साथै उनले आगामी वर्षहरुमा पनि अझै धेरै रक्तदान कार्यक्रम गरी रगत संकलन गर्दै जाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संघका महासचिव दिपक लामा (सामदेन), कोषाध्यक्ष इन्द्रप्रसाद ढकाल र कार्यसमिति सदस्य जयलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।










