कोशी प्रदेश सभाको बैठक आज, नीति तथा कार्यक्रम प्रस्तुत हुने

news-details

कोशी प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ । बैठक विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया