कोशी प्रदेश सभाको दोस्रो बैठक बुधवारका लागि बोलाईयो
- जेष्ठ २९, २०८०
- 0
कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको बैठक बस्ने भएको छ ।
बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
कोशी प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दैै सभाको दोस्रो तथा बजेट अधिवेशनको बैठक प्रदेश नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरेको उल्लेख गरेको छ ।
यसअघि सभाको पहिलो बैठक जेठ २३ गते प्रदेश सभामुख बाबुराम गौतमको आह्वानमा बसेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







