कोशी, बागमती, गण्डकी र मधेश प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना

news-details

हाल देशमा पश्चिमी र भारत, बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाको अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, सोमबार राती, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि मौसम सामान्य बदली रहने छ ।

राती कोशी प्रदेश लगायत बागमती र गण्डकी,मधेश प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया