लागू औषध कारोवारीमाथि त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो,एकजना पक्राउ
- जेष्ठ २८, २०८०
- 0
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीले गोली चलाएको छ ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले गोली हानि नियन्त्रणमा लिइएको हो ।
प्रहरीको गोलीबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको जोशीले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







