यस्तो छ आजको मौसम

news-details

हाल देशमा पश्चिमी र स्थानीय वायुको आशिंक मात्रै प्रभाव रहेकाले आज (शनिवार) पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार,कोशी,कर्णली र सुदूरपश्चिम प्रदेशमा मौसम आशिंक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यतया सफा रहने छ ।

आज कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै,आज राती कोशी प्रदेशका थोरै स्थान सहित बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाको अनुसार, देशको मध्य तथा पश्चिम तराइका भू–भागहरूमा अधिकतम तापक्रम वृद्धि हुने क्रम केही दिन अझै नघट्ने भएकाले उक्त भू–भागहरूमा तातो हावा (लु) चल्ने क्रम जारी रहने छ । जसबाट जोगिन सबैलाई महाशाखाले सचेत पनि गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया