राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

news-details

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बजेटमार्फत् अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने घोषणा गरेपछि कानूनी उपचारको तयारीमा रहेको आयोगले सर्वदलीय छलफल गर्ने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको छ ।

निर्वाचन कानूनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखापरीक्षणलगायतको विषयमा पनि छलफल हुनेछ ।

संविधानविपरित जिल्ला निर्वाचन कार्यालय खारेज गरिएको भन्दै आयोगले छलफलका लागि संसदभित्र र बाहिरका दललाई बोलाएको हो । आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्थाविपरीत गएर सरकारले आयोगलाई कार्यपालिका मातहत राख्ने ढंगको काम गरेकाले त्यसबारे सबै दलसँग परामर्श गर्न लागिएको बताएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया