प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेट माथिको छलफल जारी रहने
- जेष्ठ २४, २०८०
- 0
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ ।
बुधवार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) माथिको छलफल जारी रहने संसद सचिवालयले जानकारी गराएको छ ।
सरकारले ल्याएको बार्षिक बजेटलाई लिएर सक्तापक्ष, प्रतिपक्ष र अन्य दलका प्रतिनिधि सांसदहरुले आ–आफ्नै धारणा राख्दै आएका छन् ।
सरकारको नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ । तर,सत्ता पक्षका सांसदहरूले भने बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
त्यस्तै, आज राष्ट्रिय सभाको पनि बैठक बिहान ११ बजेपछि बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







