तराईका क्षेत्रमा लू चल्ने सम्भावना

news-details

मुलुकको तराई क्षेत्रमा तातो हावा तथा लू चाहिरहेको हँुदा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मुलुकको तापक्रम अझै केही दिन घट्ने छैन । त्यसो हुँदा तातो हावा तथा लू चलिरहेको महाशाखाको भनाई छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा भने हावाहुरी चल्ने सम्भावना छ । त्यसो हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

सोमवार राती मुलुकको पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । उक्त स्थानमा क्षणिक वर्षा हुने सम्भावना पनि रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया