भारत भ्रमणमा रहेका प्रचण्डलाई बाबुरामको प्रश्नः हामी कता जाँदैछौं ?

news-details

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वेदश फर्किदै छन् । भ्रमणका क्रममा उनले तेस्रो दिन हिजो शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिर पुगेर पूजाअर्चना गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्ड धार्मीक बन्दै पूजाअर्चनामा व्यस्त बनेपछि सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ ।

उनको धार्मीक पूजालाई कतिले सकारात्मक दृष्टिकोणले व्याख्या गरेका छन् भने कतिले कम्युनिष्ट प्रधानमन्त्री प्रचण्ड आफ्नो देशको धार्मीक स्थल बारे जानकारी नराख्ने तर अर्का देश पुगेपछि भगवानप्रति आस्था राखेर पूजाअर्चना व्यस्त हुने भन्दै टिप्पणी गरेका छन् ।

यसैबीच, नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री प्रचण्डको पूजाअर्चनाको तस्वीरलाई छोटो टिप्पणी गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा प्रचण्डले पूजाअर्चना गरेको तस्वीर राख्दै भट्टराईले भनेका छन्, ‘हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया